16 Oct, 2024, Wed info@dccilam.gov.np (+९७७)-०२७-५२१७७६

परिचय

संक्षिप्त परिचय हिजो पूर्वाञ्चल विकासक्षेत्रको मेची अञ्चलका चार जिल्लामध्येको एक पहाडी जिल्ला इलाम । हाल १ नम्वर प्रदेशका १४ जिल्ला मध्ये पर्दछ । इलामको पुरानो नाम खलङ्गा भएको केही प्राचीन लेखहरूमा उल्लेख छ । इलामको नामाकरणको सम्वन्धमा एतिहासिक, भौगोलिक, प्राकृतिक मानव शास्त्रीय आदि दृष्टिकोणले अध्ययन हुन बाँकी नै छ । तर पनि यसको नामाकरणका सम्वन्धमा निम्न अनुमानहरु लगाउने गरिन्छ । इश्वीको १३०० वर्ष अघि पर्सिया (हालको इरान) का इलाम बंशी राजाले दक्षिण पश्चिम पर्सियाका काशी बंशी राजालार्इ बिजय गरी सदाकालागि देश निकाला गरे र तिनीहरु पूर्वतर्फ लागे । तिनै मानिसहरु याहाँ आई बसोबास गरे र आफ्नो जन्मभूमिको सम्मानमा यो ठाउँको नामपनि इलाम राखे । इलामको अर्थ लेप्चा भाषामा पुत्का (एक प्रकारको मौरी) को मह हुन्छ, भने लिम्बु भाषामा घुमाउरो बाटो हुन्छ । प्राचिन शास्त्रीय मत अनुसार राजा सरियातिले पुत्र प्राप्तिका लाlग हालको माईपोखरीमा पुत्रेष्ठि यज्ञ गरे । उनकी पत्नि छोराको सट्टा छोरी चाहन्थिन र यज्ञ गर्ने ब्राम्हणलाई खुसुक्क छोरी जन्मने यज्ञ गरिदिन आग्रह गरिन । ब्राम्हणहरुले पनि रानीको आग्रह अनुरुप छोरी जन्मने यज्ञ गरिदिए र छोरी (इला) जन्मिन । छोरी जन्मेको देखेर राजा सरियाती इलामा (इला-छोरी र मा चाहिदैन) इलामा भन्न थाले । यही इलामा पछि इलाम भयो भन्ने पनि भनाईछ । नेपाल एकिकरण पूर्व दश लिम्वुवानको एक अंग स्वशासित प्रशासनमा रहेको थियो । यसक्षेत्रको सदरमुकाम नागरिगढीमा थियो । सुगौली सन्धिपछी २ वर्ष करफोक (लाप्चा भाषामा ढुकुर बस्नेठाउँ) मा वसेपछि विक्रम सम्वत १८७५ मा सदरमुकाम इलामडाँडामा सारियो । त्यसैले यो एकीरणकै समयदेखिको पुरानो सदरमुकाम कायम रहिरहेको जिल्ला पनि हो । नागरिगढीका पहिलो सुब्बा (प्रशासकीय प्रमुख) जयन्त खत्रीले नै सदरमुकाम करफोक हुदै इलाम डाँडामा सारेका थिए । महाभारत र शिवालिक पर्वत शृङ्खलाको पूर्वदक्षिण काखमा अवस्थित नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलाम वास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । यहाँको चियाबारी, हरियाली, सानाठूला नदीनाला, पोखरी, मठमन्दिर, पर्वतीय शिखरहरु (श्री अन्तु, सन्दकपूर, सिध्दिथुम्का आदि) तथा अन्य प्राकृतिक सुन्दरता आदिले पर्यटकलाई आकर्षण गरिरहेका छन् । प्रकृतिको वरदानको रुपमा रहेको यहाँको उर्वर भूमि एवम् पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो जिल्ला कृषि उत्पादनमा अग्रणी मानिन्छ । सांस्कृतिक, र प्राकृतिक पक्षहरूमा समृद्ध यो जिल्ला ‘’पूर्वी पहाडकी रानी”, नगदेबालीको खानी’जस्ता उपनामले चिनिन्छ । इलाम जिल्लालाई विभिन्न ‘अ’ (हाल आठ) ‘अ’ को जिल्ला भनेर चिनिने गरेको छ । ‘अ’ को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्यले परिभाषित गरिन्छ । हाल किवि फलको उत्पादन पनि बढिरहेको छ ।

थप पढ्नुहोस्

भिडियो

बारम्बार सोधिने प्रश्नहरु

चाहिने प्रश्नहरु
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ भाद्र ६ गते बिहीबार