इलाम जिल्ला अन्तरगतका गाउँ विकास समितिहरुको आ.ब. २०७२।७३ को न्यूनतम शर्त तथा कार्यसम्पादन मापन कार्यको लागि “गाउँ विकास समितिहरुको न्यूनतम शर्त तथा कार्यसम्पादन मापन कार्यविधि, २०६६ (संसोधन र परिमार्जन सहित)” बमोजिम तोकिएका योग्यता पुगेका इच्छुक व्यक्तिहरुले जिल्ला विकास समितिको कार्यालयमा आवेदन पेश गर्न स्थानीय निकाय वित्तिय आयोगबाट गोरखापत्र दैनिकमा मिति २०७३।०५।२५ मा ३० दिने सूचना प्रकाशन भए बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिहरुबाट देहायका समूहका लागि निर्धारित समय भित्र रीत पूर्वकको आवेदन पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।
कार्यालयको सूचना पाटी, कार्यालयको वेवसाईट www.ddcilam.gov.np वा स्थानीय निकाय वित्तिय आयोगको वेवसाईट www.lbfc.gov.np बाट थप जानबारी लिन सकिनेछ ।
मूल्यांकनका लागि समूहकृत गरिएका गा.वि.स.हरुको विवरण
समूह नं. १ – बरबोटे, सोयाङ्ग, नयाँबजार, शान्तिडाँडा
समूह नं. २ – जोगमाई, गोर्खे, नामसालिङ्ग, प्याङ्ग
समूह नं. ३ – पशुपतिनगर, श्रीअन्तु, समालबुङ्ग
समूह नं. ४ – दानाबारी, चिसापानी, लक्ष्मीपुर, गोदक
समूह नं. ५ – शान्तिपुर, कोल्बुङ्ग, इरौटार, जिर्मले
समूह नं. ६ – इभाङ्ग, गजुरमुखी, लुम्द, फूएतप्पा
समूह नं. ७ – एकतप्पा, फाकफोक, आमचोक, चमैता
समूह नं. ८ – साँखेजुङ्ग, माईपोखरी, पुवामझुवा, माईमझुवा
समूह नं. ९ – माबु, सुलुबुङ्ग, सुम्बेक, जमुना
समूह नं. १० – जितपुर, सिद्धिथुम्का, सोयाक, साङ्गरुम्बा
समूह नं. ११ – बाँझो, साकफारा, चुलाचुली, महमाई