( प्रकाशित मिति २०७२/१२/२९)
स्थानीय स्वायत्त शासन ऐन २०५५, स्थानीय स्वायत्त शासन नियमावली, २०५६ (चौथो संशोधन, २०६६ सहित) स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली २०६४ तथा राजश्व परामर्श समितिको सिफारिसमा जिल्ला परिषदले निर्धारण गरे बमोजिम यस जिल्ला विकास समितिले लगाउन सक्ने विभिन्न करहरु मध्ये यस जिल्लाको क्षेत्राधिकार भित्र रहेका निम्न नदीहरुबाट उत्खनन संकलन गरी घाटगद्धी गरी बिक्री एंव निकासी हुने ढुङ्खा, गिट्टी, बालुवा र भरौट माटो (प्राकृतिक स्रोत उपयोग कर ) कर को आय ठेक्का आगामी आर्थिक बर्ष २०७२/०७३ को बाकी अवधिका लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति, फर्म वा कम्पनी संस्थाहरुबाट आफ्नो फर्मको आ.व.०७१/०७२ मा नविकरण भएको प्रमाण–पत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाण–पत्र तथा आ.व.०७०/०७१ सम्मको कर चुक्ता प्रमाण पत्र पेश गरी सूचनामा उल्लेखित मिति, समय र स्थानमा सूचना प्रकाशित भएको मितिले १६ औं दिनको १२ः०० बजे भित्र नेपाली नागरिक भए आफूले कबोल गरेको ठेक्का अंकको ५% र गैर नेपाली नागरिक भए १०% धरौटी रकम यस कार्यालयको ने.बैं.लि.इलाम शाखाको धरौटी खाता नं.०४००३०००००३१ मा दाखिला गरी सो को सक्कलै भौचर सहित निम्न शर्तहरुको अधीनमा रही रीतपूर्वक सिलबन्दी बोलपत्र दाखिला गर्न यो सूचना प्रकाशित गरिएको छ ।
थप जानकारीको लागि तलको लिंक मा क्लिक गर्नु होला